२० मंसिर, काठमाडौं । बीआरआई फ्रेमवर्क कार्यदलको बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी कार्यदलको बैठकमा बैठकमा बेइजिङमा बीआरआई फ्रेमवर्कमा भएको हस्ताक्षरबारे समीक्षा हुने बताइएको छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र सेमन्त दाहाल तथा एमालेको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा छन् । यो कार्यदलले बीआरआई फ्रेमवर्क तयार गरेको थियो ।