|  

चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएपछि कार्यदलको बैठक बालुवाटारमा

२० मंसिर, काठमाडौं । बीआरआई फ्रेमवर्क कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको हो । 

बैठकमा बेइजिङमा बीआरआई फ्रेमवर्कमा भएको हस्ताक्षरबारे समीक्षा हुने बताइएको छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र सेमन्त दाहाल तथा एमालेको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा छन् । 

यो कार्यदलले  बीआरआई फ्रेमवर्क तयार गरेको थियो ।