२१ मंसिर, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी क्यालिफोर्नियाको तटीय क्षेत्रमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।भूकम्पपछि कुनै मानवीय क्षति वा ठुलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन ।
स्रोतका अनुसार भवन वा पूर्वाधारमा कुनै विनाशकारी क्षति भएको छैन, तर केही घरहरूमा सामान्य क्षति भएको छ ।भूकम्पपछि हम्बोल्ट काउन्टीमा १० हजारभन्दा बढी मानिस बिजुलीविहीन भएका थिए ।