२१ मंसिर, काठमाडौं । नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न कास्की पुगेका छन् ।
आज बिहान डा भट्टराई कास्की जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।
हिरासतमा लामिछानेको अवस्थाबारे जानकारी लिन पूर्वप्रधानमन्त्री भट्टराई कास्की पुगेको बताइएको छ ।