|  

भैरहवाबाटै सिँधै विदेश जाने मिल्ने बनाउँदै सरकार !

२१ मंसिर, काठमाडौं ।  सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति तथा भिसा प्रक्रिया लगायत कामका लागि पश्चिम जिल्लाहरूबाट काठमाडौं धाउनुपर्ने बाध्यता हटाउने तयारी गरेको छ ।

काठमाडौं नआई भैरहवाबाट सोझै वैदेशिक रोजगारीमा जान सक्ने गरी आवश्यक संयन्त्र विस्तारको तयारी गरिएको स्रोतले जनाएको छ । मन्त्रालयले यसअघि नै भैरहवा तथा पोखरामा पनि वैदेशिक रोजगारीका लागि आवश्यक संयन्त्र विस्तार गरेर काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्ने निर्णय गरेको थियो । बुधबार भैरहवामा पर्यटन तथा श्रममन्त्री तथा सबै सरोकारवालाबीच फेरि छलफल भएको हो।

भैरहवामै भिसा सेन्टर स्थापनाका लागि पनि परराष्ट्रमार्फत पत्राचार गरिसकिएको छ। कतार, मलेसिया लगायत मुलुकले भिसा सेन्टरको जिम्मा निजी क्षेत्रलाई दिएका छन् । मन्त्रालयका अनुसार प्रहरी कार्यालयले प्रदान गर्ने चारित्रिक प्रमाणपत्र, बीमा लगायत सुविधाको समेत भैरहवामै व्यवस्था गरिनेछ । अहिले पनि भैरहवाबाट श्रम स्वीकृति जारी भइरहेको छ ।