|  

चीनको हुनान प्रान्तमा सुन भण्डार फेला

२१ मंसिर, काठमाडौं ।  चीनको हुनान प्रान्तको पिङ्जियाङमा सुन भण्डार फेला परेको छ ।

एक हजार मेट्रिक टन सुनको मूल्य अनुमानित ८३ अर्ब डलरभन्दा बढी रहेको छ । थ्रीडी मोडलिङ र ड्रिलिङको आधारमा चिनियाँ वैज्ञानिकहरूले ४० भन्दा बढी सुनका खानी पत्ता लगाएका छन् ।

चीन विश्वको सबैभन्दा ठूलो सुन उत्पादक देश हो। चीनले २०२३ मा विश्वको कुल उत्पादनमा १० प्रतिशत हिस्सा ओगटेको  छ।