३० मंसिर, काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित बागमती नदी किनारमा आत्मदाह गरेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
चितवन, रत्ननगर नगरपालिका-१२ की ३८ वर्षीया कमला आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनले शनिवार बा.३५ प ५८१८ नम्बरको स्कुटरमा किराँतचोक पुगेपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन । उनी परिवारसँग बौद्धस्थित नारायणटारमा बसोबास गर्थिन । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।