|  

कागेश्वरी मनोहरामा पेट्रोल छर्केर आ#त्मदाह गर्ने महिलाको सुसाइड नोट फेला

३० मंसिर, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ मा हिजो आफैँलाई जलाएर आत्मदाह गर्ने कमला आचार्यको सुसाइड नोट भेटिएको छ ।

२९ मंसिरमा कागेश्वरी मनोहरा नगरपालिका–८  किराँतचोकस्थित बागमती नदि किनारमा गएर आफैँलाई आगो लगाएकी आचार्यको उपचारको क्रममा मृत्यु भएको  थियो । कागेश्वरी मनोहरा नगरपालिका–७ मा आचार्य दम्पतीले स्टेशनरी सञ्चालन गरेका छन् । उनीहरुले सञ्चालन गरेको केएण्डए स्टेशनरीबाट केही पर गएर उनले आगो लगाएकी हुन् ।

घट्नास्थलबाट प्रहरीले उनले लेखेको सुसाइड नोट बरामद गरेको छ । घट्नास्थलबाट प्रहरीले बरामद गरेको सुसाइड नोटमा उनले आफ्ना श्रीमानसँग क्षमा मागेकी छन् । ‘सरी बुढा ।’ का  नोटमा पतिको नम्बर लेख्दै उनले भनेकी छन्– ‘मेरो श्रीमानलाई मेरो अवस्थाबारे खबर गरिदिनुहोला ।’

‘मैले श्रीमानलाई सहयोग गर्न सकिँन, म बाँच्नुको कुनै अर्थ छैन, म मरेको खबर श्रीमानलाई गरिदिनुहोला नम्बर यो हो । नोटमा उनले घटना आफ्नै कारणले भएको उल्लेख गरेकी छन् । नोटमा लेखिएको छ, ‘यो सबै मेरै कारण भएको हो ।’उनले लेखेकी छन् ।