|  

सुदूरपश्चिम पुगेर शेखरले भनेः उचित अवसर पाउनु भएको छैन्, अब न्याय हुन्छ

६ पुस, काठमाडौं ।  नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई चुनावमा एक्लै लड्न सक्ने बलियो पार्टी बनाउने बताएका छन् ।

तीन दिने सुदूरपश्चिम भ्रमणमा रहेका कोइरालाले धनगढीमा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउने बताएका हुन् । ‘बिगतमा तपाईहरुमाथि अन्याय भएको छ । उचित अवसर पाउनु भएको छैन् । तपाईहरुको पीडा म बुझ्छु । अब १५ औं महाधिबेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिन । तर यसका लागि तपाईहरुको सहयोग चाहिन्छ, कोइराला भने ।

कोइरालाले कांग्रेसको १५ औं महाधिवेशन लक्षित गर्दै भने, महाधिवेशन समयमै हुनुपर्छ । समयमा भएन भने पार्टी कमजोर हुन्छ । अनि पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ । देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ ।कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भिर बन्न नसकेको दाबी गरे । उनले भने, यति शक्तिशाली सरकारलाई असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ ।

No description available.

तर सरकारको कार्यशैली भने सन्तोषजनक नभएको बताए । उनले आफू नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीबाट सन्तुष्ट नरहेको समेत बताए । सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले नौ ओटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक फरक अन्तरक्रिया तथा छलफल गरेका थिए । कञ्चनपुरबाट सुरू भएको भेटघाट दार्चुलासँग छलफलपछि सकिएको थियो । कोइरालाले लगातार ६ घण्टा छलफल तथा अन्तरक्रिया गरेका थिए । 

null