|  

मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ

०६ पुष, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीमा सुरु गरेको क्लिन स्वीप अपरेशनमार्फत उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने २६ वर्षीय शिव जयससवाल, गणेश राजभर, शनि भर, सियारी ७ का शिवकुमार मल्लाह र सोही स्थानका अनिल यादव रहेका छन् ।

यसैगरी, पाल्पाको माथागढी गाउँपालिका घर भई बुटवल बस्ने अर्जुन परियार समेत पक्राउ परेका छन् । उनीहरुको साथबाट एफजेड भी २, पल्सर, अपाचे, एनएस २००, रोयल इन्फिल्ड मोटरसाइकल बरामद गरिएको छ । रुपन्देहीका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजतलास गर्ने तथा चोरी नियन्त्रण गर्ने उद्देश्यले मङ्सिर महिनामा क्लीन स्वीप अपेशन सुरु गरिएको थियो । अपरेशनकै क्रममा चोरी गरिएका मोटरसाइकलका साथ चोरीमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएर जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य भइरहेको छ ।