|  

पाकिस्तानमा आतंकवादी आक्रमणमा परी १६ सैनिकको मृत्यु, ८ घाइते

०६ पौष, काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको आतङ्कवादी आक्रमणमा परी १६ सैनिकको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीय समय अनुसार बिहान २ः३० बजे आक्रमण सुरु भएको थियो, जहाँ एक समन्वित फायर आक्रमणमा एक चेक पोस्टलाई निशाना बनाइएको थियो । १२ जनाको शव सनाखत भएको छ भने थप ४ जनाको पहिचान हुन बाँकी छ । 

सेनाले आक्रमणको जवाफमा रकेट लन्चरहरू र अन्य उपलब्ध हतियारहरू प्रयोग गरेर प्रभावकारी रूपमा जवाफ दिए । पाकिस्तानी सेनाले आक्रमणकारीको बारेमा आधिकारिक बयान जारी गरेको छैन ।