०६ पौष, काठमाडौं । आगामी जनवरीमा मलेसियामा हुने महिला यु-१९ विश्वकप खेल्ने नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ ।
यही पुस १० देखि २२ गतेसम्म भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बन्द प्रशिक्षण हुने भएको हो । बन्द प्रशिक्षणमा १८ खेलाडीसहित २३ जना सहभागी हुने चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले जानकारी दिए ।