|  

आज यी स्थानमा हिमपातको सम्भावना 

७ पुस, काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक / दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैबीच, महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीका कारण अबको केही दिन पश्चिमी भू-भागमा चिसो बढ्नुका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।