|  

आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

७ पुस, काठमाडौं । पुस महिनाको पहिलो आइतबार ।

भगवान् सूर्यदेवको विशेष पूजा आराधना गरिँदै छ । पुसलाई सूर्य देवताको महिना मानिन्छ ।यो दिनलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ ।

यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक आइतबार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ ।

सूर्य भगवान्लाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ ।