|  

रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिने

७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको छ ।

लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।