७ पुस, काठमाडौं । जर्मनीमा क्रिसमस पार्टीमा कार प्रवेशपछि भएको दुर्घटनामा मर्नेको सङ्ख्या पाँच पुगेको छ ।
मृतक मध्य एक नौ वर्षीय बालकसमेत छन् । दुर्घटनामा परेर शुक्रबार साँझसम्म दुई सय जना घाइते भएको तथा कम्तीमा ४१ जनाको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ । एउटा बिएमडब्लु कार ठुलो भीडलाई छिचोल्दै पाँच सय मिटरसम्म कुदेको थियो। यो घटना करिब तीन मिनेटको हो ।
सो घटनामा आरोपी ५० वर्षीय तालेब अल अब्दुल मोसेन भएको प्रहरीले बताएको छ । उनी सन् २००६ मा जर्मनीमा पुगेका साउदी अरेबियाका भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी पेसाले चिकित्सक हुन्। यस घटनाको छानबिन भइरहेको छ ।