|  

भारतबाट उपचार गरेर फर्किँदै गरेका राज्यमन्त्री सवार कार दुर्घटना

७ पुस, काठमाडौं ।  सुदूरपश्चिमका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा परेका छन् ।

भारतमा उपचार गरेर फर्किने क्रममा भारतको पलिया बजार नजिक राज्यमन्त्री बम सवार प्रदेश ३-०१-०२४ च नम्बरको कार दुर्घटना हुँदा बमसहित उनकी श्रीमती कल्पना र सहयोगी पदम देउवा घाइते भएका छन् ।

उनीहरू चढेको कार भारतीय नम्बरको कारसँग ठोक्किएको थियो।घाइते तीन जनाकै अवस्था सामान्य रहेको छ । उनीहरूको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।