|  

एमालेको सचिवालय बैठक आगामी बुधबार

७ पुस, काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ ।

बैठक आगामी पुस १० गते ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।