|  

तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

७ पुस, काठमाडौं । तेह्रथुममा खोलामा टिकटक बनाउन खोज्दा दुई जनाको मृत्यु भएको छ ।

शनिबार तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराईको मृत्यु भएको हो ।शनिबार विद्यार्थीसहितको टोली खोरुङ्गा खोलामा नुहाउन गएको थियो ।

नुहाउने क्रममा मृतक दुईसहित अर्की एक विद्यार्थी टिकटक भिडियो बनाउने भन्दै हिंडेका थिए । भिडियो बनाउने क्रममा दुई जना खोचमा खसे । दुई जना खोचमा खसेको खबर सँगै गएका विद्यार्थीले ल्याएका थिए । खोंचमा खसेका कारण दुवै जनाको घटना स्थलमै मृत्यु भएको हो ।