|  

लामिछानेलाई जिल्ला अदालत कास्कीमा पुर्‍याइयो

७ पुस, काठमाडौं । रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

लामिछानेलाई केहीबेर अघि जिल्ला अदालतमा ल्याइएको हो । उनीविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुँदैछ ।

लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।