|  

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा ४ करोड २९ लाख बढी खर्च

७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयले यस्तो खर्च अर्थ विविध शीर्षकमा राखेको रकमबाट दिने गरेको छ ।

 गत असोज ४ गते ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं महासभामा भाग लिन अमेरिका गएको थियो ।