७ पुष,काठमाडौँ । रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सरकारी वकिलको कार्यालय कास्कीबाट पठाइएको चिठी संसद सचिवालयमा पुगेको छ ।
आइतबार अबेला निलम्बन सिफारिसको चिठी आइपुगेको र समय घर्केकाले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो ।