८ पुस, काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ५ मा विवाह अगाडि वडाको सिफारिस लिनुपर्ने भएको छ ।
बालविवाह रोक्नका लागि वडामा बसोबास गर्ने केटाकेटी दुवैले अनिवार्यरुपमा उमेर खुल्ने सिफारिस लिनुपर्ने ब्यवस्था गरिएको स्रोतले जनाएको छ ।
वडालाई बालमैत्री घोषणा गरिएको र यसको दीर्घकालीन कार्यान्वयनका लागि यस्तो ब्यवस्था गरिएको हो ।
घर परिवारमा विवाह कार्यक्रम आयोजना गर्नुपूर्व वडा कार्यालयबाट अनिवार्य सिफारिस लिएर मात्र विवाह उत्सब गर्न वडाले सबै लाई आग्रह गरेको छ ।