|  

पाँच देशका नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

०८ पौष, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा नवनियुक्त नेपाली राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति पौडेलले रुसका निम्ति नेपाली राजदूत जंगबहादुर चौहान, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका निम्ति नेपाली राजदूत शनिल नेपाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र भारतका निम्ति नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई शपथ गराएका हुन ।