|  

रास्वपा सांसदहरु पुगे सभामुखको कार्यकक्षमा

०८ पौष, काठमाडौं । स्वतन्त्र पार्टी रास्वपाका सांसद पार्टीभित्र छलफल चलिरहेको बेलामा सभामुखको कार्यकक्षमा पुगेका छन् ।

सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बनबारे छलफल चलिरहेको बेलामा रास्वपा सांसद्वय सोविता गौतम र गणेश पराजुली केही बेरअघि सभामुखको कार्यकक्षमा पुगेका हुन । रविविरुद्ध मुद्दा दर्ता भएसँगै जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र संसद सचिवालयलाई सांसद पद निलम्बन गर्न पत्र पठाएको थियो । यो पत्रको बिषयमा सभामुख देवराज घिमिरेले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरेलगत्तै रास्वपा सांसदहरु पुगेका हुन ।