८ पुस, काठमाडौं । रुसमा शरण लिएर बसेका सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदकी पत्नीले सम्बन्धविच्छेदको निवेदन दिएकी छन् ।
असदकी श्रीमती अस्मा अल–असदले रुसको राजधानी मस्कोमै रहेका बेला त्यहाँको अदालतसमक्ष सम्बन्धविच्छेदको निवेदन दिएकी स्रोतले जनाएको छ । आफू मस्कोमा नभई लन्डनमा बस्न चाहेको उनले दिएको निवेदनमा उल्लेख छ ।
यससँगै उनले मस्को छोड्न विशेष अनुमति पनि मागेकी छन् । अहिले रुसी अधिकारीले उनको निवेदनउपर काम गरिरहेका छन् ।