|  

देश र जनताको विकासका लागि एकताबद्ध भएर जानुको विकल्प छैनः कृष्णप्रसाद सिटौला

०८ पौष, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका छन ।

नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै सिटौलाले यस्तो बताएका हुन् । उनले देश र जनताको विकासका लागि पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकताबद्ध भएर जानुको विकल्प नरहेको धारणा राखे ।

कांग्रेसको नेतृत्वले मात्रै मुलुकमा देखिएका अर्थतन्त्र लगायतका समस्या समाधान गर्न सक्ने उनको दाबी छ । सिटौलाले व्यक्तिगत नभई जनताको स्वार्थसिद्ध गर्नका लागि पार्टीमा आवद्ध भएकाले यसबारे गहन भएर सोच्न कार्यकर्तालाई सुझाव दिए । गत निर्वाचनमा अन्य दलहरूसँग गठबन्धन गरे पनि आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने भएकाले अहिलेदेखि नै त्यसको तयारी गर्नुपर्ने उनले जोड दिए ।