०८ पौष, काठमाडौं । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले पत्रकारहरुले आफ्नो धर्म छोड्न नहुनेमा जोड दिएका छन् ।
आज काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको तेस्रो पद हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेको समाजमा मानव सभ्यता कम हुदैँ गएको भन्दै पत्रकारहरुले कलम समाएपछि पत्रकारिताको धर्म निभाउनुपर्ने सुझाव दिए । उनले भनेका छन्,‘अहिले मानव सभ्यताको उल्टो गियर लागिरहेको छ कि जस्तो लाग्छ । नैतिकताको धेरै कमी छ । राजनीतिकर्मीहरुले नैतिकता छोड्ने हो भने त्यो व्यापार हुन्छ राजनीति रहदैँन । त्यस्तै तपाईहरुले पनि जब कलम समात्नु हुन्छ, त्यो बेला पत्रकारिताको धर्म निभाउनुपर्छ । आजको संसारमा नैतिकताको कमी भइरहेको छ, यस्तोबेला आफ्नो धर्म नछोड्नु । जहाँ भएपनि आफ्नो व्यवसायीक धर्म छोड्नु हुदैँन त्यसपछि पत्रकार बन्न सकिन्छ ।’
यसको साथै, उनले वर्तमान समयमा पनि सरकारले पत्रकारिताको क्षेत्रलाई संकुचित गर्ने प्रयास गरिरहेको भन्दै यो लडाई पत्रकारहरुले सधैँ लड्नुपर्ने बताए ।