|  

छविको बयान सकिएपछि मात्रै रविको बयान अघि बढ्ने

८ पुस, काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ५ जनाको बयान सुरु भएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बयानमा पहिलो दिन पूर्व डीआइजी छविलाल जोशीको बयान भएको हो ।

तर सोमबार उनको बयान नसकिएपछि अर्को दिन निरन्तर हुने गरी इजलास रोकिएको छ। छविको बयान सकिएपछि मात्रै रविको बयान अघि बढ्नेछ ।

त्यससँगै लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको पनि बयान थालिनेछ । मिसिल अध्ययनपछि बयान सुरु भए पनि पहिलो दिन छविको पनि नसकिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो ।