८ पुस, काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न रहेको अभियोग लागेकी प्रहरी निरीक्षक बिनुकुमारी शाही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएकी छन्। उनलाई ललितपुर जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
यद्यपि उनको प्रहरी निलम्बन भने निरन्तर रहनेछ।
आइतबार बयानका निम्ति उनी ललितपुर जिल्ला अदालत गएकी थिइन् । बयान नसकिएपछि उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको थियो। सोमबार भएको थुनछेक बहसमा उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।
अब उनले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछिन्।