|  

सक्रिय हुँदै पश्चिमी न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षाको सम्भावना

९ पुस, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशका केही भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।