९ पुस, काठमाडौँ । विपिन देव - भू-राजनीति र अर्थतन्त्र विच गहिरो सम्वन्ध रहेको छ । भूमडलीकरणलाई पुनः भूभडलीकरण (री गोल वलाजेसन)को नामाकरण दिइएको छ । अर्थात् हरेक मुलुकले भूमडलीकरणलाई आफ्नो राष्ट्रिय हित अनुकुल व्याख्या गरेको छ । भूमडलीकरणको राप र तापले गर्दा दक्षिण गोलाद्धमा रहेका मुलुकहरूले प्रचुर मात्रामा लाभ लिन सकेन ।
गरिव र प्रताडित मुलुकहरू विलाशी समानहरूका उपभोगकर्ता मात्र भए । उत्पादनमा सहभागिता नहुनु र उपभोगमा मात्र सहभागी हुनु आफ्नैमा विरोधाभाष कुरा हो । भारत वाहेक अन्य दक्षि०ा एसीयाली मुलुकहरू भूमंडलीकरणलाई राष्ट्रिय हित अनुरुप उपयोग र उपभोग गर्न सकेन । अपेक्षाकृत दक्षिण एसीयामा कनेक्टिभिटी कमजोर रहेको छ । वर्तमान भू-अर्थनीतिमा कनेक्टिभिटी विना विकास सम्भव देखिएको छैन ।
७० को दशकमा कनेक्टिभिटी र आन्तरिक व्यापारको सुरुवातको कारणले नै गर्दा आसियानका मुलुकहरू सिंगापुर, मलेशीया, थायल्याण्ड, इण्डोनेशीया र अन्य आर्थिक रूपले अब्वल भएका छन् । दक्षिण एसीयाली मुलुकहरू शक्ति केन्द्रहरूको चपेटाका कारणले गर्दा विकासका यात्रामा कमजोर भए । इतिहासको कालखण्डमा भारत पाकिस्तान विच तीन पटक युद्ध हुनु, वंगलादेश विभाजन हुनु, श्रीलङका र नेपालमा गृहयुद्ध हुनु जस्ता कारणहरूले गर्दा दक्षिण एसीया विकासमा फर्डको मार्न सकेन ।
वदलिएको अवस्थामा दक्षिण एसीयाली मुलुकहरूमा एउटा नयॉ चेतनाको प्रवाह देखिएको छ । यी मुलुकहरू आर्थिक रूपान्तरणलाई मुद्दा बनाइरहेको छ । दक्षिण एसीयाली मुलुकहरूको विकासमा भारतले गुजरात सिद्धान्तलाई अनुकरण गर्नु पर्ने आवश्यकक्ता देखिएको छ । गुजरात सिद्धान्त अनुसार अब्वल र ठुला मुलुकहरूले कमजोर अर्थतन्त्र भएका मुलुकहरू कारोवार गर्दा अनुपातलाई हेर्नु हु‘दैन । अर्थात् सहयोग गर्दा सहयोग प्राप्त गर्ने अभिलाषा राख्नु हु‘दैन । सन् २०१४ मा मोदीको सपथ ग्रहण समारोहको अवसरमा सबै सार्क राष्ट्र प्रमुखलाई निमन्त्रणा दिएर उक्त सिद्धान्तलाई अनुसरण गर्ने प्रयास गरिएता पनि त्यसको धरातलीय प्रयोग विभिन्न कारक तत्वहरूले गर्दा सम्भव भएको देखिदैन ।
तर वर्तमान अवस्था परिवर्तित देखिएको छ । सन् २०२४ को डिसेम्बरमा नै श्रीलङ्काका राष्ट्रपति भारत यात्रा गरेका छन् । आर्थिक दिवालीयापनको संघारमा रहेका वेला भारतले श्रीलङकालाई ४ विलियन अमेरिकी डलरको सहयोगले गर्दा श्रीलङ्काको जनजीवन सहज भएको अवस्था थियो । श्रीलङ्काका राष्ट्रपति आफ्नो भारत यात्राका क्रममा विकास र योजना माथि अधिक जोड दिएका छन् । डिसेम्बरको यात्रामा हावा उर्जा, पर्यटन विकास लगायत विभिन्न गुरूयोजनालाई श्रीलङ्का लागु गर्न आफ्न समकक्षीयसंग श्रीलङ्काका राष्ट्रपतिले सम्झौता गरेका छन् । राष्ट्रपतिको भारत यात्रा निवेशको लागि अभिप्ररित देखिएको छ । अडानी लगायत अब्वल दर्जाका व्यापारिक घरानाहरूलाई श्रीलङकामा निवेश गर्न श्रीलङकाका राष्ट्रपतिले निमन्त्रणा गरेको देखिन्छ । श्रीलङ्का पश्चात मालदिप्सको राष्ट्रपतिको यात्रा समेत डिसेम्बर महिनामा दिल्लीमा भएको छ ।
राष्ट्रपति मूइज “भारत आउ‘ट” को नारामा नै आफ्नो चुनावी अभियान परिचालित गरेका थिए । तत्कालीन अवस्थामा मोहम्द भुयुजको भारतीय सञ्चार गृहहरूले घोर भत्र्सना गरेका थिए । वर्तमान परिवशेमा मोहम्पद मुइजको संसदमा पूर्ण वहुमत रहेको अवस्था छ । मालदिप्सको अर्थतन्त्रको आधारस्तम्भ नै भारतीय पर्यटन रहेको अवस्था छ । भू-राजनैतीक वनौटका कारणले गर्दा मालदिप्स भारतसंग विमती र विभेद बढाएको खण्डमा त्यसको नाकारात्मक प्रभाव अर्थतन्त्रमा परेको कुरा मोहम्द मूइजले महशुस गर्दै भारत यात्रा गरेका छन् । आफ्नो यात्राको सन्र्दभमा भारत सरकारबाट ७५० मिलियन को आर्थिक मद्दतले आफ्ना ऋण वेल वाउट गरेका छन् । मूइजले आफ्ना भारत विरोधी नारालाई परित्याग गर्दै भारतीय पू‘जी र प्रविधिलाई मालदिप्समा भित्र्याउन विभिन्न सन्धी र सम्झौताहरू समेत गरेका छन् । डिसेम्वरको महिनामा नै भुटानी राजा र प्रधानमन्त्री भारत यात्रा गरेका छन् । यस वर्षमा नै राजा र प्रधानमन्त्रीको भारतमा छैठौ पटक यात्रा रहेको छ । प्रधानमन्त्री मोदीले समेत २०२४ मा भुटान यात्रा गरेका छन् । वर्तमान परिवेशमा भुटानको अर्जुनदृष्टि रोलेफु गुरूयोजनामा रहेको छ ।
विभिन्न जलविद्युत्तीय परियोजनामा लगानी गराउन भुटानी नेतृत्वले भारतसंग सन्धी र सम्झौता समेत गरेका छन् । डिसेम्बरको महिनामा नै भारतमा परराष्ट्र सचिव विक्रम मिश्री वंगलादेश यात्रा गरको छन् । वंगलादेशमा भइरहको अल्प संख्यक माथिको दमन, वंगलादेशमा भारतीय लगानीको प्रारूप, द्विपक्षिढ सम्बन्ध् लगायत विभिन्न मुद्दाहरूमा वंगलादेश र भारत विच गहन छलफल भएको छ । भारतीय संस्थापन पषले नेपालको परराष्ट्रमन्त्रीको डिसेम्बरमा भएको दिल्ली यात्रालाई सहज रूपमा लिएको देखिन्छ ।
भारतको अफगानीस्तान र पाकिस्तानसंगको सम्बन्ध पनि रोचक रहेको छ । सन् २०२४ मा १० वर्ष पश्चात डा. जयशंकरले परराष्ट्रमन्त्रीको रूपमा पाकिस्तान यात्रा गरेका छन् । संघाई सहयोग संगठनको अवसरमा भएको उक्त यात्राबाट भारत पाकिस्तान सम्बन्धमा सुधार देखिएको छैन । मानवीय मुल्य मान्यतालाई मध्यनजर राख्दै तालीवानी सरकारलाई कूटनीतिक सर्मथन नदिएता पनि भारतले अफगानीस्तानलाई खाद्यायान, औषधी लगायत धनराशी समेत उपलब्ध गराएको छ । विगत विस वर्षमा विभिन्न योजनाहरूको माध्यमबाट भारतले अफगानीस्तानमा २ विलियन अमेरिकी डलर लगानी गरेको देखिन्छ । दक्षिण एसीयाली विकासमा भारत ट्रान्जिट प्वाइन्ट हुनै पर्दछ ।