|  

भक्तपुरमा बाबुछोरा ह#त्या प्रकरणः  मैँले गरेको हुँ भन्दै जेठो छोराले गरे आ#त्मसमर्पण

९ पुस, काठमाडौं । भक्तपुरमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोराले प्रहरी पुगेर आत्मसमर्पण गरेका छन् ।

बुवा र भाइको ‘हत्या मैँले गरेको हुँ’ भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र कान्छो छोरा २२ वर्षका प्रबिन आचार्य मृत भेटिएका थिए । जेठा छोरा मिलन फरार थिए ।