|  

नेपाली दूतावासः ‘छिटो धेरै पैसा कमाउने उद्देश्यले यी चार देशमा नआउनुस्’

०९ पौष, काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले छिटो धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड नआउन आग्रह गरेको छ । 

आकर्षक तलबको प्रलोभन देखाई ठूलो संख्यामा नेपालीलाई ती देशमा लगेर मानव तस्करले अप्ठ्यारोमा पारेपछि दूतावासले आज विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । दूतावासको विज्ञप्तिमा भनिएको छ,‘नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो धेरै पैसा कमाउने हेतु कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ ।’