|  

सकियो छविलालको बयान: रविको पालाे कहिले ?

०९ पौष, काठमाडौं । गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीको बयान आज सकिएको छ । 
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा उनीसँग लिइएको थुनछेक बहस सकिएको हो । हिजो देखि सुरु भएको छविको बयान आज सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग थुनछेक बहस सुरु भएको छ । अदालत लगिएको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग आज पनि बयान लिइएको छैन । पछाईको बयान सकिए पछि लामिछानेको पालो आउने भनिएको छ ।