|  

विद्युत विकासबाट मुलुकलाई सम्पन्न बनाउने सरकारको लक्ष्यः ऊर्जामन्त्री खड्का

०९ पौष, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले नदी तथा खोलाबाट बिजुली निकालेर मुलुकलाई सम्पन्न बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

आज संखुवासभामा भएको एक कार्यक्रममा उनले विद्युत विकासबाट समृद्धि प्राप्त गर्न सहज हुने बताएका हुन् । उनले सरकारले ठूला आयोजनामा गरिब तथा विपन्नको लगानी सुनिश्चित गर्ने बताए । वि.सं २०३५ सम्ममा मुलुकमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको मन्त्री खड्काले बताए । अरुणबाट मात्रै ५ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने र त्यसबाटै जिल्लालाई पनि समृद्ध बनाउन सकिने उनको भनाइ थियो । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले यसबाट मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउने सकिने बताए । सङ्खुवासभामै १ हजार ६१ मेगावाटको माथिल्लो अरुणसमेत सरकारको लगानीमा निर्माण गर्ने तयारी भइरहेको मन्त्री खड्काले बताए ।