९ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकालेको हो ।
राप्रपाले सरकारविरुद्ध देशैभर भ्रण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।
सरकारले अर्थतन्त्र चलायमान बनाउन नसकेको, अन्तर्राष्ट्रिय सम्बन्धलाई अन्तुलित राख्न नसकेको, देश भुूराजनीतिक चक्रव्यूमा फस्ने खतरा बढेको राप्रपाको निश्कर्ष छ । कांग्रेस–एमालेसहितको दुई तिहाइ बहुमतको नजिकको सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको अवस्थामा राप्रपाले भण्डाफोर गर्ने निर्णय लिएको हो ।
त्यस्तै, सहकारी पीडितको समस्या समाधानतर्फ पनि सरकारले ध्यान नदिएको राप्रपाको निश्कर्ष छ ।