|  

अल्लु अर्जुनसँग प्रहरीले ग¥यो ३ घण्टा सोधपुछ

०९ पौष, काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनलाई आज सन्ध्या थिएटरमा भएको भागदौडमा मारिएकी एक महिलाको विषयमा प्रहरीले सोधपुछ गरेको छ ।

प्रहरीले अल्लु अर्जुनलाई करिब साढे ३ घण्टा सोधपुछ गरेको थियो । अल्लु अर्जुनले सोधेका सबै प्रश्नको जवाफ दिएका छन् । सोधपुछ सकिए पछि अल्लुलाई फेरि बोलाउन सकिने प्रहरीले जनाएको छ । अल्लु अर्जुनले पनि प्रहरीसँग सहमति जनाउँदै फेरि बोलाएमा पूर्ण सहयोग गर्ने बताएका छन् । अभिनेताले हालै पत्रकार सम्मेलन गरेर सबैसँग माफी पनि मागेका छन् ।

गत डिसेम्बर ४ मा सन्ध्या थिएटरमा चलचित्र हेर्दा भागदौड भएको थियो । यसै क्रममा अल्लु अर्जुन पनि आफ्नो परिवारसँग फिल्म हेर्न त्यहाँ पुगेका थिए । तर त्यहाँ भागदौड मच्चिन्छ र यो दूर्भाग्यपूर्ण घटना घट्छ । त्यस भागदौडमा एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा पनि अस्पतालमा भर्ना छन ।