९ पुस, काठमाडौं । मोरङको जहदा गाउँपालिकाकी २२ वर्षीया युवती अर्धचेत अवस्थामा फेला परेकी छन्।
मर्निङ वाकमा निस्किएकी उनी मंगलबार दिउँसो बाँसघारीमा हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा भेटिएकी हुन् ।
‘मर्निङ वाक’मा निस्किएका बेला उनीमाथि सामूहिक बलात्कार भएको हुनसक्ने मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ ।
अहिले उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।