१० पुस, काठमाडौं । दार्चुलामा भूकम्प गएको छ । हिजो बेलुका ९ः २५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पले क्षति पुर्याएको विवरण आइसकेको छैन ।केही हप्तायता सुदूरपश्चिमका जिल्लामा दिनहुँजसो भूकम्पका साना धक्का गइरहेको छ ।