|  

हाइटीमा अस्पतालको पत्रकार सम्मेलनमा गोली चल्यो, दुई पत्रकारसहित तीन जनाको मृ#त्यु

१० पुस, काठमाडौं । क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ ।

हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गोली चल्दा तीन जनाको मृत्यु भएको हो । गोलीकाण्डमा कयौं मानिस घाइते भएका छन्। यो सार्वजनिक अस्पताल जुलाईअघि हिंसात्मक समूहले कब्जा गरेको थियो ।

गोली चल्दा पत्रकारहरू स्वास्थ्यमन्त्रीलाई पर्खिरहेका थिए। रिपोर्टका अनुसार दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ। हमला भिभ अन्सानम समूहले गराएको थियो।