|  

दुई महिनामा ३ करोड किलो लुसन आयात

१० पुस, काठमाडौं । पछिल्ला दुई महिनामा लसुन आयात अत्यधिक बढेको छ ।

कात्तिक र मंसिरमा मात्र तीन करोड किलो लुसन आयात भएको छ । विगतमा तीन वर्षमा हुने आयात बराबरको लसुन पछिल्लो दुई महिनामा मात्रै भएको हो । चालु वर्षको पाँच महिनालाई आधार मान्ने हो भने, दिनको औसत दुई लाख ८० हजार किलो लसुन आयात भएको छ ।

पाँच महिनामा पाँच अर्ब ६४ करोड ७१ लाख रूपैयाँ बराबरको चार करोड २१ लाख तीन हजार किलो लसुन आयात भएको हो ।
लसुन पूर्णतः चीनबाट आयात भएको छ। चीनबाट आयात हुने प्रमुख वस्तुहरूमध्ये लसुन अहिले पाँचौं नम्बरमा देखिएको छ ।

पाँच महिनाको अवधिमा चीनबाट एक खर्ब ३१ अर्ब रूपैयाँको वस्तु आयात हुँदा करिब पाँच प्रतिशत हिस्सा लसुनको मात्रै छ ।