|  

काठमाडौँ महानगरले सोनु निगमको कन्सर्टमा राखिएका मदिराजन्य कम्पनीको होर्डिङ बोर्ड हटायो

१० पुस, काठमाडौं ।  भारतीय चर्चित गायक सोनु निगमको काठमाडौँस्थित ह्यात होटलमा हुन लागेको कन्सर्टमा राखिएको मदिराजन्य कम्पनीको होर्डिङ बोर्ड हटाइएको छ ।  

काठमाडौँ महानगर प्रहरीले कन्सर्ट स्थल पुगेर आयोजकले राखेका मदिराजन्य कम्पनीका होर्डिङ बोर्ड हटाएको हो । आज साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि निगम आजै काठमाडौं पुगेका छन् ।  

‘क्रिसमस डे’को अवसर पारेर सोनुको काठमाडौंमा कन्सर्ट तय गरिएको आयोजकले जनाएको छ ।