१० पौष, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश विकासमा कांग्रेसले जति अरुले नगरेको दाबी गरेका छन् ।
सय दिने अभियान अन्तर्गत काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको बताएका हुन् । उनले भने, ‘८० वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको होला । तर समग्रमा हामीले मूल्याङ्कन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि कांग्रेसलेले जे जति काम गरेको छ अरु कुनैपनि पार्टीले त्यति काम गरेको छैन। यो त दाबाका साथ हामी भन्छौं ।’
निरंकुश राणा शासनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध कांग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याएको बताए ।