|  

वर्तमान सरकारले काम गर्न नसके अब कुनै पनि सरकारले काम गर्न सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

१० पौष, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले आम नागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न सकेन भने अब कुनै पनि सरकारले काम गर्न नसक्ने बताएका छन् ।

सञ्चारिका समूहले आयोजना गरेको आज एक विशेष समारोहकाबीच उनले एमाले र कांग्रेसको सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु भएको बताएका हुन । उनले भने, ‘अहिले कांग्रेस र एमालेको सरकार बनेको छ । झण्डै दुई तिहाईको सरकार बनेको छ । यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न सकेन भने अब यो भन्दा बलियो फरक परस्थितीको अनुमान गर्न सक्ने र त्यसले रिजल्ट दिन सक्छ भनेर आशा गर्न सक्ने स्थिती हुँदैन । त्यसैले यो सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु हो ।’

साथै उनले राजनीतिक दल एकिकृत भैइसकेपछि काम गर्ने छुट नरहेको बताए ।