|  

एमालेद्वारा केन्द्रीय कमिटी बैठक आह्वान 

१० पुस, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी पुसको २१ र २२ गते बस्ने गरी बैठक बोलाइएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकमा केन्द्रीय समितिका एजेन्डाहरूबारे पछि संक्षिप्त छलफल भएको छ ।