|  

कजाकिस्तान विमान, ३० को मृ#त्यु, २८ को उद्धार

११ पुस, काठमाडौं । अजरबैजान एयरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ ।

हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।  बाकुबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्यासको केन्द्र अक्टाउ सहरनजिकै दुर्घटना भएको हो ।

कजाकिस्तानका अधिकारीले विमानमा रहेका ३० भन्दा बढी यात्रुको मृत्यु भएको हुनसक्ने स्रोतले जनाएको छ । मृतकको संख्या अझै औपचारिक रूपमा पुष्टि हुन सकेको छैन । विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए भने २८ जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

विमानमा अजरबैजानका ३७ जना, कजाकिस्तानका छ जना, किर्गिस्तानका तीन जना र रूसका १६ जना रहेको कजाकिस्तानको यातायात मन्त्रालयले जनाएको छ।