११ पुस, काठमाडौं । जाजरकोटमा भूकम्प गएको छ । बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।