११ पुस, काठमाडौं । मोजाम्बिकमा भइरहेको राजनीतिक अशान्तिको फाइदा लिँदै १५ सय कैदीहरू जेलबाट भागेका छन् ।
त्यहाँ सम्पन्न निर्वाचनको परिणामलाई लिएर झडप भइरहेको समयमा नै सो आक्रमण भएको हो । प्रहरीले दिएको जानकारी अनुसार सुरक्षा गार्डसँगै भएको भिडन्तमा ३३ जना मारिए भने १५ जना घाइते भए । भागी सकेका १५० जनालाई भने फेरि पक्रिएको छ ।
गत अक्टोबरमा भएको निर्वाचनको परिणामको विषयमा त्यहाँ कानुनी लडाइँ चलिरहेको थियो । अदालतले सन् १९७५ देखि सत्ता चलाइरहेको फ्रेलिमो पार्टीले नै जित हात पारेको निर्णय भएपछि धेरै अशान्ति भएको हो ।
बुधबार राजधानी मापुटोमा सरकार विरोधी प्रदर्शनकर्ता पुगेका थिए । कैदीले आफूलाई त्यहाँबाट बचाउनका लागि सुरक्षाकर्मीसँग झडप गरेका हुन् ।