११ पुस, काठमाडौं । दक्षिण भारतीय फिल्म ‘पुष्पा २ःद रुल’ नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्म बनेको छ ।
सुकुमार निर्देशित यस फिल्मले प्रदर्शनको २० दिनमा नेपाली बक्स अफिसमा २४ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।प्रदर्शन भैरहेकाले ‘पुष्पा २’को कमाइमा अझै वृद्धि हुने देखिन्छ ।
यसअघि नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको कीर्तिमान ‘केजीएफ २’को नाममा थियो जसले १९ करोड २९ लाख १३ हजार ७५८ रुपैयाँ ग्रस कमाएको थियो ।
नेपालमा तेस्रो धेरै कमाउने फिल्मको रुपमा रणवीर कपुर स्टारर ‘एनिमल’ छ जसको ग्रस कलेक्सन १७ करोड ५० लाख ग्रस हाराहारीमा छ ।